धितोपत्र बोर्डले २ दिने अन्तराष्ट्रिय सम्मेलन गर्दै

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्ड सेबन ले ओईसिडी अन्र्तगतको ओईसिडी आइएन्एफई सँगको सहकार्यमा असार १७ र १८ गते दुई दिने अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

नेपालमा पहिलो पटक नेपालमा आयोजना हुन गइरहेको उक्त कार्याक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले उद्घाटन गर्ने भएको छ । सम्मेलनमा ओरिका, दक्षिण अफ्रिका, अष्टेलिया, काजाकिस्तान, सिगांपूर , थाइल्यान्ड, भुटान, चीन र भारत लगायतका देशहरु उपस्थिती रहने धितोपत्र बोर्डले जनाएको छ । 

त्यस कार्यक्रममा सम्बन्धित संस्थाहरु ओईसिडी, एसईबिआइ, अस्ट्रालियन सेक्युरिटिज र अनुसन्धान परिषद्, सेन्ट्री फर फाइनान्सियल लिट्रेसी लगायतका प्रतिष्ठित संस्थाहरु र पूर्व एशियाली तथा नियमकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तिय साक्षरताको अन्तराष्ट्रिय विज्ञहरुको सहभागी रहने जनाएको छ ।

कार्यक्रममा नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनि रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि।, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोसियसन, लगानीकर्ताका संघहरुका प्रतिनिधी तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कुल १२५ जना समेलनमा सहभागि रहने छन् । 

अन्तराष्ट्रिय सम्मेलनलाई वित्तीय साक्ष्रता सम्बन्धमा  विभिन्न सत्रहरु संचालन हुने गरी बृहत सम्मेलन र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफल सहितको राउन्डटेवल कार्यक्रम गरी दुई विभाजन गरिने समेत जानकारी दिएको छ ।  
 

 

४ बर्ष अगाडि

प्रतिक्रिया