शिक्षकमा जागिर लगाइदिने भन्दै ६१ लाख ठगी

४ बर्ष अगाडि

काठमाडौं– शिक्षक पेसामा जागिर लगाइदिने प्रलोभन दिँदै  करीब ६१ लाख ठगी गर्ने एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । 

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित श्री सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्राध्यानाध्यापक अनिल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । 

 रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ का उनले पर्सा र रौतहटका जिल्लाहरुमा बसोवास गरी वस्ने अन्दाजी २० जना मानिसहरुलाई उक्त बिद्यालयमा शिक्षक पेशामा जागिर लगाई दिने भनि एक जना व्यक्ती बराबर रु २ लाख देखि ५ लाख सम्म गरी जम्मा ६१ लाख १४ हजार ५०० ठगी गरेको जिल्ला प्रहरी कार्यालय बारराले जनाएको छ।  

पीडितले दिएको उजुरीको आधारमा उनलाई  प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुर बजारबाट पक्राउ  गरेको हो । 

प्हरीले बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया