योग्यलाई पाखा लगाएर प्रश्न उठेकालाई प्राध्यापक !

४ बर्ष अगाडि

कास्की–गलत बाटोबाट पोखरा विश्वविद्यालयमा उपप्राध्यापक भएकाहरु  फेरि प्राध्यापक बन्ने लबिङमा जुटेका छन् । 
२०७१ सालमा विभिन्न माध्यमबाट करार सेवामा रहेका शिक्षकहरु स्वत स्थायीका माग राखी आन्दोलन  गरेर २०७३ सालमा उपप्रध्यापक बनेका थिए । 
स्थायी भएका उनीहरु फेरि महत्वकांक्षी भई प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षता मंगलबार बस्ने पो.वि.को सभामा प्रमलाई नै गुमराहमा राखी चोरबाटोबाट पारित गराई प्रध्यापक बन्ने दाउमा रहेका हुन् । 

आयोगबाट खुला प्रतिस्पर्धाबाट आएका शिक्षकहरुको वृत्ति विकास पुर्ण रुपमा बन्देज गरी यसरी गलत ढंगले प्राध्यापक चयन गर्न दिर्घकालिन असर पर्ने एक प्राध्यापकले बताए । उनले भने– यसले योग्य भन्दा अयोग्यले नै विश्वविद्यालय र शिक्षा क्षेत्र हाक्ने देखिन्छ ।

नाम नबताउने सर्तमा एक उप प्रध्यापकले भने खुला प्रतिस्पर्धाबाट यहा सेवा गर्नु त अभिसाप जस्तै हुने देखियो हिजो मसँगै सेवा आयोगमा खुला प्रतिस्पर्धा गर्दा बैकल्किपमा सम्म नपरेका करार शिक्षक टिका लगाई स्थायी भए, अहिले उनीहरु आर्थीक तथा अन्य चलखेल गरि फेरी स्वत प्रध्यापक बन्ने छन् ।  जसले गर्दा हामी जस्ता पेशागत मर्यादा र योग्य जहिले पछाछि पर्ने छौं जसले शिक्षाको गुणस्तरमा ह्रास आउने निश्चीत छ ।’


 

४ बर्ष अगाडि

प्रतिक्रिया