नेपाल – चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर

४ बर्ष अगाडि

काठमाडौं – नेपाल–चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्। संघको सोमबार भएको वार्षिक साधारणसभाले तुलाधारलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

संघको वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभूषण चाकुवाजी, महासचिव विवेक पौडेल र कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ चयन भएका छन्।

कार्यसमिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लीमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रवीन श्रेष्ठ, राजेन्द्रमान शेरचन, विक्रम पाण्डे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर निर्वाचित भएका छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया