साउन १ बाट भिसा शुल्क बढ्ने

४ बर्ष अगाडि

काठमाडौं – सरकारले  १० वर्षपछि प्रवेशाज्ञा ९भिसा० शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तन भिसा शुल्क लागू गर्न लागेको हो । 

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । 
गृहले पर्यटकीय भिसाअन्र्तगत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो । त्यस्तै, ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याईएको छ ।

पर्यटकले यसअघि ४० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ । यसमा ३५ डलर बढाइएको छ ।

अन्नपूर्ण पोस्ट बाट

४ बर्ष अगाडि

प्रतिक्रिया