काठमाडौँ – नेको इन्स्योरेन्सले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
असार १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई चुक्ता पुँजीको १२ प्रतिशत अर्थात १४ करोड ११ लाख रूपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७४ लाख २९ हजार रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्ताबित लाभांश बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट परीत भएपछि शेयरधनीहरुलाई वितरण गरीने छ ।
प्रतिक्रिया