फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा ८ घण्टासम्म समस्या

४ बर्ष अगाडि

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्स एप ८ घण्टा बन्द भएका छन् । यसका केही फिचरहरुमा समस्या देखिएको हो । अहिले भने सामान्य अवस्था फर्किसकेको छ । अहिले फेसबुकले समस्या हटिसकेको जनाएको छ । यी एप्सहरुमा मुख्य समस्या भनेको तस्बिर र भिडियोमा थियो ।  

फेसबुक वेबसाइट तथा एप्सको न्यूजफिडमा तस्बिर लोड भइरहेको थिएन भने इन्स्ट्राग्राममा पनि यस्तै समस्या थियो । ह्वाट्सएपमा पनि तस्बिर र भिडियो पठाउन तथा डाउनलोड गर्न समस्या थियो । कतिपय प्रयोगकर्ताले फेसबुकमा तस्बिर, भिडियो वा अन्य डेटाको एप्स वा वेबसाइट दुवै स्थानमा एक्सेस नपाएको बताएका थिए । 

इन्स्ट्राग्राममा पनि स्टोरी देख्न गाह्रो हुनुको साथै तस्बिर लोड हुन पाएका थिएनन् । समस्याबारे आफु जानकार रहेको जनाउँदै फेसबुकले नआत्तिन सबैमा अनुरोध गरेको थियो । पछिल्लो एक वर्षयता यि एपहरुमा बेला बेला समस्या देखिदैं आएको छ । जुन समयमा सबैभन्दा बढी प्रयोगकर्ताले एकसाथ यि एपहरुको प्रयोग गर्छन्, त्यो समय समस्या देखिने गरेको छ।
आर्थिकन्युज बाट 

४ बर्ष अगाडि

प्रतिक्रिया