विवादित सम्पत्तीले बढ्छ रक्तचाप

४ बर्ष अगाडि

यदि तपाईं यस्तो ठाउँमा बस्नुहुन्छ जहाँ तपाईंको छिमेकीको सम्पत्ती कानुनी झमेलामा फसेको छ भने आफ्नो रक्तचापको जाँच गर्नुहोस् । एक सोधमा पत्ता लागेको जानकारी अनुसार विवादित जमिन अथवा सम्पत्ति वरिपरि बस्नाले उच्च रक्तचापको खतरा बढ्ने गर्दछ ।
 
शोधमा दिइएको जानकारी अनुसार स्वस्थ हृदय र सामान्य रक्तचापका लागि तपाईंको वरिपरि भएको छिमेकीको वातावरण महत्वपूर्ण सामाजिक कारक हुने गर्दछ ।

 मेसाच्युसेट्सको क्याम्ब्रिजस्थित हार्वर्ड सेन्टर फर पपुलेसन एण्ड डेभलपमेन्ट स्टडिजका शोधकर्ता मारियाना अर्कायाले भनिन्, ‘उच्च रक्तचापका कारण घरको वरिपरि विवाद र तनावग्रस्त माहौल हुनसक्छ । यसले मानिसहरुलाई बिना कारण तनावमा राख्ने गर्दछ ।’
 
शोधकर्ताहरुले १,७४० सहभागीहरु सम्मिलित गरेर निकालिएको निष्कर्ष हो । घरभन्दा १०० मिटरको दुरीमा सम्पत्तिको विवाद हुनु रक्तचापमा १.७१ मिलिमिटर हेमोग्लोबिनको वृद्धि सिस्टोलिक रक्तचापको कारण हुनसक्ने बताइएको छ ।
यसका साथसाथै बिनाकारणको तनावका कारण समयभन्दा पहिले नै बुढो हुनु, जीन सम्बन्धि समस्या हुनु, कुपोषण, मोटोपना र रक्सीको लतजस्तो समस्या हुन सक्ने निष्कर्ष उक्त अनुसन्धानले निकालेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया