आफूभन्दा ठूला उमेरका मानिसहरुलाई किन मनपराउँछन् पुरुष ?

४ बर्ष अगाडि

पुरुषहरु किन आफूभन्दा ठूलो उमेरका महिलालाई मनपराउँछन् ? यदि पुरुषहरुलाई यसको बारेमा प्रश्न गरियो भने उनीहरुले यसको थुप्रै कारणहरु बताउन सक्छन् ।
धेरै मानिसहरुलाई यस्तो लाग्छ कि जो महिलाहरुको उमेर बढि हुन्छ, उनीहरुको कुरा गर्ने तरिकामा निकै राम्रो हुने र उनीहरुलाई संसारको धेरै ज्ञान भइसक्ने भएकाले यस्ता महिलाहरुसँग जीवन बिताउन सजिले हुने गर्दछ ।

त्यसकारण अब उप्रान्त यदि तपाईंले कोही कम उमेरको पुरुषसँग बढि उमेरकी महिला देख्नुभयो भने अचम्म नमान्नुहोस् बरु यसको पछाडिको कारणहरुको बारेमा जान्न खोज्नुहोस् ।

१. उनीहरु परिपक्क हुने गर्दछन्ः
थुप्रै सम्बन्धहरु सानो–सानो कुरामा टुट्ने गर्दछ । तर बढि उमेरका महिलाहरु समझदार हुने भएकाले उनीहरुमा धेरै कुरा बुझ्न सक्ने क्षमता हुने गर्दछ ।
२. यस्ता महिलाहरु धेरै आकर्षक हुने गर्दछन्ः
पुरुषहरुको भनाई अनुसार उनीहरुमा पक्कै पनि केहि विशेष गुण हुन्छ जसका कारण उनीहरु हेर्दा निकै आकर्षक देखिन्छन् ।
३. उनीहरु धेरै अनुभवी हुने गर्दछन्ः
कम उमेरका महिलाहरुभन्दा उनीहरुमा धेरै अनुभव हुने भएका कारण पुरुषलाई र उनको परिवारलाई हुने हानी–नोक्सानी र सफलताको बारेमा उनलाई थुप्रै ज्ञान हुने गर्दछ ।
३. स्वतन्त्र हुने गर्दछन्ः
स्वतन्त्रता कुनै पनि महिलाको एउटा महत्वपूर्ण विशेषता हो । यदि कुनै पनि महिला स्वतन्त्र छिन् भन्ने कुरा थाहा भएको खण्डमा उनीप्रति कुनै पनि पुरुष निकै सजिलै आकर्षित हुने गर्दछ ।
४. कुराकानीमा परिपक्कताः
उमेरदार महिलाहरुसँग तपाईं विवेकशील कुरा गर्न सक्नुहुन्छ । उनीहरुलाई कोसँग के बोल्ने र कसरी बोल्ने भन्ने तरिका राम्रोसँग थाहा हुने गर्दछ । उनीहरुले आफ्नो जिवनमा धेरै कुराहरुको सामना गर्नुपरेका कारण परिपक्क महिलाहरुमा थुप्रै कुराहरुको ज्ञान हुने गर्दछ ।
५. बेडमा हुन्छ धेरै अनुभवः
परिपक्क महिलाको बेडको अनुभवले पुरुषहरुलाई आकर्षित गर्ने एक प्रमुख कारण मान्न सकिन्छ । (एजेन्सी)
 

४ बर्ष अगाडि

प्रतिक्रिया