सम्बन्धलाई रंगीन बनाउन यी उपाय अपनाउनुस्

४ बर्ष अगाडि

 दीर्घकालीन सम्बन्धलाई कायम राख्नका लागि विभिन्न खाले परीक्षणहरू गर्नु आवश्यक हुन्छ । सधैं एउटै र उस्तै तरिकाले सम्बन्ध कायम रहिरहन सक्दैन । यहाँ दिइएका केही टिप्स अपनाउनुभयो भने तपाईंको साधारण सम्बन्ध पनि अर्को तहमा पुग्न सक्छ ।

फोरप्ले वा प्राक्क्रीडाका बारेमा त धेरैले लेखेका छन् । तर सेक्स गरिसकेपछि पनि एकअर्काले मुसार्ने तथा अंगालोमा बेरिने गरी आफ्टरप्ले गर्नु उपयुक्त हुन्छ ।

कोठाका झ्याल खोल्नुस् तर पर्दा चाहिँ बन्द गर्नुस् । तपाईंको छालामा पवनको मन्द स्पर्श तथा तपाईले निकालेका सीत्कार छिमेकीले पनि सुन्दा आउने मजालाई शब्दमा व्यक्त गर्न सकिँदैन । 

एकअर्काको टाउको मुर्सानुस् । टाउकोमा नसाका टुप्पाहरू हुने भएकाले तिनमा स्पर्श गर्नुले आनन्दको वर्षा गराउँछ । यसो गर्दा अक्सिटोसिन नामक हर्मोनहरू सक्रिय हुन्छन् र मेन सेक्सभन्दा अगाडिको यो क्रियाकलापले दुवैलाई आनन्दित तुल्याउँछ ।

यसो कहिलेकाहीँ सेक्सीखाले सन्देश पठाउनुस् । खतरनाक र बचकाना भएपनि यसले बहुत मजा दिन्छ । म आज यस्तो लुगा लाइरहेको छु भनेर मेसेज पठाउनुभयो भने पनि तपाईं दुवैको दिमागले छवि बनाउन थाल्छ र सेक्सको दामी मूड बन्छ ।

इन्टरनेटतिर कामसूत्र खोजेर त्यहाँ वर्णित सेक्स आसनहरू अपनाउनुस् । सधैं मिसनेरी पोजिसनमा क्रीडा गर्नुमा कुनै मजा छैन ।

अनि कहिलेकाहीँ कामबाट ब्रेक लिनुस् । यसो हिल स्टेसनहरूतिर गएर रामरमाइलो गर्नुस् ।

एजेन्सीको सहयोगमा

४ बर्ष अगाडि

प्रतिक्रिया