काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । लगातार बढीरहेको सुनको भाउ आइतबार भने घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ ।
यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।
प्रतिक्रिया