सुजुकी ड्राइभिङ स्कुलले दियो एनआईसीका कर्मचारी र ग्राहकलाई  छुट

४ बर्ष अगाडि

काठमाडौं – एनआईसी एसिया बैंक  र सुजुकी ड्राइभिङ स्कुल प्रालि ललितपुरबीच बैंकका कर्मचारी तथा ग्राहकलाई ड्राइभिङ स्कुलले प्रदान गर्नेसेवामा क्यूआर  पेमेन्ट  तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

क्युआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर   गरेका छन् । 
आर्थिकन्युज बाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया