स्कुल बस नहरमा पल्टियो

४ बर्ष अगाडि

बिराटनगर – प्रदेश १ को राजधानी बिराटनगर स्थित टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पल्टिएको छ ।

को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो । उक्त बस बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो ।

दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भीर घाईते भकोले उनीहरुको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया