५ निर्माण कम्पनी कालोसूचीमा

४ बर्ष अगाडि

काठमाडौँ - सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । मातहतका कार्यालयको सिफारिसमा आइतबार सार्वजनिक खरिद ऐनबमोजिम तीनवटालाई एक वर्ष र दुइटालाई दुई वर्ष वर्षका लागि कालोसूचीमा राखिएको हो । 

राजधानीको अनामनगरस्थित कार्यालय रहेको श्री लोहनी एन्ड ब्रदर/थोदुङ/सुरुचि जेभीलाई एक वर्षका लागि कालोसूची राखिएको छ । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यालय दोलखाले ठेक्का दायित्व पूरा गर्न नसकेको सिफारिस गरेका आधारमा कालोसूचीमा राखिएको हो । उक्त कार्यालयकै सिफारिसमा लोकवीर एन्ड बेताली/नेपाल/प्रगति जेभी बुद्धनगरलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

द कञ्चनजंघा/लामाविल्डर्स जेभी बौद्धलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, डिभिजन सडक चरिकोटले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कार्यालयले थोदुङ/अजम्बर/शिवराम जेभी, अनामनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय इलामको सिफारिसका आधारमा कालोसूचीमा राखिएको हो । जीएम कन्स्ट्रक्सन प्रालि, गोंगबुलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो । कान्तिपुरमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया