मर्जरमा जाने बैंक तथा वित्तिय संस्थालाइ राष्ट्र बैंकको सहुलियत

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिग मर्जरमा जाने बैंक तथा वित्तिय संस्थालाई सहुलियत दिने भएको छ ।  दुई बैंक मर्ज हुँदा सिइआ एउटै रहने भएकाले  बाहिरिएको सिइओलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था बनाउन लागिएको डेपुटि गर्भनर चिन्तामणी शिवाकोटीले जानकारी दिए । 

दुइ बैंक मर्ज हुदा एक सिइओ बाहिरिनुपर्नेछ । डेपुटि गर्भनर चिन्तामणी शिवाकोटी यस्तो अवस्थामा सिइओ र सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘मर्जरले सिइओ र सञ्चालक समितिका केहीलाई बाहिर्याउँने भएकाले उनीहरुलाई कुलिङ पिरियड लाग्ने छैन् । किनकी उनीहरु आफै निक्लिएका होइनन्, निकालिएको हो ।’

अहिले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंक छोडेको ६ महिनासम्म अर्को बैंकमा जान नपाउने गरि कुलिङ पिरियड लाग्ने व्यवस्था छ । यस्तै कर्जा निक्षेप अनुपात (सिडिी रेसियो), अनिवार्य तरलता अुनपात (सिआरआर), स्प्रेड दर (कर्जा र ब्याजदर विचको अन्तर) लगायतमा सुहलियत दिने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न सकिने शिवाकोटीले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया