र्‍यापर हनी सिंहविरुद्ध मुद्दा दर्ता,कारण सुन्दा छक्क पर्नुहुनेछ (भिडियोसहित)

४ बर्ष अगाडि

भारतीय र्‍यापर हनी सिंहविरुद्ध मुद्दा दर्ता भएको छ । भर्खरै नयाँ गीत ‘मखना’मा सार्वजनिक गरेका हनीलाई महिलामाथि आपक्तिजनक र अश्लिल शब्द प्रयोग गरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

राज्य महिला आयोगले पञ्जाब पुलिस चौकीमा मुद्दा दर्ता गरेको भारतीय मिडियाले लेखेको छ । उनीहरुको मुद्दा अनुसार हनी सिंह र भुषण कुमारको विरुद्ध गीतको माध्यमबाट अश्लिलता फैनाएको र धम्क्याएका मुद्दा चलाइएको हो ।

२०१८ डिसेम्बरमा गीत रिलिज भएपछि राज्य महिला आयोगकी अध्यक्ष र मनिसा गुलाटीले हनी सिंहलाई कारवाहीको माग गरेका थिए । मनिसाले पञ्जावको गृह सचिव र डीजीपीलाई चिठ्ठी लेखेर विरोध जनाएको समाचारमा उल्लेख छ ।

मनिसाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘यो गीतमा महिलालाई अश्लिल शब्द प्रयोग गरिएको छ । यो शब्द हाम्रो समाजलाई पाच्य छैन । यस्तो गीतहरु पञ्जाबमा ब्याण्ड गर्नुपर्छ ।’

 

४ बर्ष अगाडि

प्रतिक्रिया