भारतलाई निराश बनाउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

असार २५, २०७६ | आजको अर्थ
ajaako_artha

भारतलाई हराउँदै न्युजिल्याण्ड आइसीसी क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई १८ रनले पराजित गरेको हो ।

जीतका लािग २४० रनको लक्ष्य पाएको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।

६ विकेटको क्षतिमा ९२ रनको खराब स्थितिबाट महेन्द्र सिंह धोनी र रवीन्द्र जडेजाले शतकीय साझेदारी गरे पनि जीत दिलाउन सकेनन् ।

जेडेजाले विस्फोटक ब्याटिङ गर्दै मात्र ५९ बलमा ७७ रन बनाए । यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए । त्यस्तै, धोनीले ७२ बलमा ५० रनको योगदान दिए । उनले १ चौका र एक  छक्का हिर्काए ।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए ।

भारतको सुरुवात निकै खराब भएको थियो । भारतले ५ रनमा शीर्ष ३ ब्याटसम्यानलाई गुमाएको थियो । कप्तान विराट कोहली, रोहित शर्मा र केएल राहुलले एक–एक रन मात्र बनाउन सके ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएको थियो ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७८१२६.४४
UK Pound Sterling१४६.२७१४७.०४
Swiss Franc११४.५९११५.१९
Australian Dollar७८.२०७८.६१
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८३.७६८४.२०