जीवन विकास लघुवित्तले पूँजी बढाउने

४ बर्ष अगाडि

काठमाडौं  – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुँजी झण्डै ४ गुणा बढाउने भएको छ । पुँजी बढाउने प्रस्ताव पारित गराउन संस्थाले आगामी साउन १० गते विशेष साधारणसभा बोलाएको छ ।

संस्थाको हाल रु १४ करोड रहेको चुत्तापुँजी रहेको जीवन विकासले बढाएर रु ५० करोड पुरयाउने  भएको छ । पुँजी बढाउन संस्थाले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने जानकारी दिएको छ ।

संस्थापक र साधारण सेयरधनीको लगानी अनुपात ७० ३० लाई परिमार्जन गरी ६७.५ र ३२.५ प्रतिशत कायम गर्ने संस्थाले जानकारी दिएको छ । संस्थाको केन्द्रीय कार्यालय मोरङको कटहरीमा छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया