राष्ट्र बैंकले आज १२ अर्बको ऋणपत्र बिक्री गर्दै

४ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने भएको छ ।

उक्त ऋण पत्रलाई बैंकले विकास ऋण पत्र २०८१ ‘ग’ नाम दिएको छ । बैंकले बिहीबार आज उक्त ऋण पत्र बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ ।

ऋण पत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।

इच्छुक खरीदकर्तालाई बोलकबोल प्रक्रियामा भाग लिन केन्द्रीय बैंकले एउटा सूचनामार्फत आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया