नेपालमा सञ्चालित भारतीय बीमा कम्पनी एलआइसीले ३४ प्रतिशत बोनस सेयर दिने

४ बर्ष अगाडि

काठमाडौं – भारतीय लगानीमा सञ्चालित लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बोनस सेयर दिने प्रस्ताव पारितका लागि एलआइसीले साउन २४ गते १७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । कम्पनीले रु ५१ करोड ५१ लाख बोनस सेयर वितरण गर्ने छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुत्तापुँजी रु २ अर्ब १ करोड पुग्ने छ । हाल चुत्तापुँजी रु १ अर्ब ४९ करोड ४८ लाख छ । नियामक बिमा समितिले न्युनतम पुँजी २ अर्ब रुपैयाँ तोकेपछि उसले बोनस सेयर वितरण गर्न लागेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया