सिंगटी हाइड्रोले ४३ लाख कित्ता साधारण सेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं – सिंगटी हाइड्रो पावर कम्पनीले ४३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

सर्वसाधारणमा साधारण सेयर निष्काशनको लागि सिंगटी हाइड्रोले मेगा क्यापिटल मार्केट्सलाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।  सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी संचालक गणेश कार्की र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका छन ।

कूल बिक्री गर्न लागिएको सेयर मध्ये १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयको लागि र  २९ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।

कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना केही समयभित्रै सम्पन्न हुने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया