यसकारण हुन्छ कुकुर पाल्नेहरुको उमेर लामो !

४ बर्ष अगाडि

एजेन्सी – स्विडेनमा गरिएको एक अनृुुुसन्धान अनुसार कुकुर पाल्ने व्यक्तिहरुमा हृदय रोग र अन्य कारणले पनि मृत्यु हुने सम्भावना कम हुने देखाएको छ ।
अनुसन्धानमा कुकुर पाल्ने र नपाल्ने बराबर ३४ लाख मानिसहरु सहभागी थिए । त्यसमा समावेश गरिएका ४० दखि ५० उमेर समुहका मान्छेहरु मध्ये जसले कुकुर पालेका थिए उनीहरुलाई हृदय रोगको खतरा कम भएको पाइयो ।

समान्यतया कुकुर पाल्नेहरुको शारिरिक गतिबिधि बढी हुने गर्दछ । शोधकर्ताका अनुसार अलि बढी सक्रिय हुन चाहने मान्छे कुकुर पाल्न रुचाउछन् । अध्ययनका अनुसार कुकुर पाल्ने गरेमा कुकुरको कारण उसको मालिकको ‘माइक्रोबायोम’मा पनि असर पर्न जान्छ जसले हृदय रोगको खतरालाई कम गर्नमा सहयोग गर्दछ ।

पेटमा पाइने एकप्रकारको सूक्ष्म जीवको सामूहिक रुपलाई ‘माइक्रोबायोम’ भन्छन् । अध्ययनले यो पनि बताएको छ की कुकुरले घरको दुर्गन्धलाई निर्मूल पार्न सक्छ जसको प्रत्यक्ष असर उसको मालिकको ‘माइक्रोबायोम’मा पर्छ । कुकुर पाल्नेहरु अन्य कतिपय जीवाणुको सम्पर्कमा आउने गर्छन जसले उनको ‘माइक्रोबायोम’मा प्रभाव पार्दछ ।

अध्ययनका प्रमुख शोधकर्ता उपासला विश्वविद्यालयका म्वेनिया मूबांगाका अनुसार, जो मान्छे एक्लै हुन्छन् र कुकुर पाल्छन् उनीहरुको मृत्यु हुने सम्भावना ,जो कुकुर पाल्दैनन्  उनीहरुको भन्दा ३३ प्रतिशत र हृदयघात हुने सम्भावना ११ प्रतिशतले कम हुने गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया