मिसन पत्रकारिताले हैरान बनायो : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिताले आफुलाई हैरान बनाएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले पानीले भिजेको रातो कार्पेटलाई संचारमाध्ययमले ठूलो समाचार बनाउनु मिसन पत्रकारीता भएको बताए । 

ओलीले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर समाचार बनाएको भन्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु । ’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ, मिसन पत्रकारिता ।’

बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी कार्यक्रममा ओछयाइएको रातो कार्पेटबारे विभिन्न संचार माध्यमहरूले समाचार बनाएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया