पाकिस्तानी आर्मी मेजरको एक ट्वीटले भारतमा देखिएको हल्ला

४ बर्ष अगाडि

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट भारत आउट भइसकेको छ । हिजो भएको सेमिफाइनल खेलमा न्यजिल्यान्ड सँग हारेपछी भारत फाइनलमा पुग्न सकेन । 

भारत सेमिफाइनलबाट हारेर न्युजिल्यान्ड फाइनलमा पुगेपछी पाकिस्तानका आर्मी मेजर आसिफ गफूरले ट्वीट गरेका छन् । 

उनले ट्वीट गर्दे भनेका छन्,न्युजिल्यान्डलाई बधाइ छ । आईसीसी वल्र्ड कप फाइनलमा पुग्नको लागी एक महान देशले नैतिक मुल्यता अनुसार खेले । 

तर भारतीय मिडियाहरुले भने उनको यही ट्वीटलाई बङ्ग्याउदै लेखेका छन,आर्मी मेजरले भारतको मजाक उडाएका छन् । पाकिस्तानी युजर्सले टिम इन्डियाको मजाक उडाए । भारतको हारबाट पाकिस्तानका मेजर खुसी भएका छन् भारतीय मिडियाले लेखेका छन्  । 

४ बर्ष अगाडि

प्रतिक्रिया