चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

असार २६, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । 

नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिनुभयो ।

सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भन्नुभयो, “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदी कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।” 

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा माग्नुभएको बताउनुभयो । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडा प्रहरीमा आउनुपर्ने खालको थिएन तर यसमा मेलमिलाप भइसकेकोे जानकारी दिनुभयो । 

‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराउनुभएको थियो । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गर्नु भएको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.०४११४.६४
European Euro१२५.७८१२६.४४
UK Pound Sterling१४६.२७१४७.०४
Swiss Franc११४.५९११५.१९
Australian Dollar७८.२०७८.६१
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८३.७६८४.२०