आँप खानुभन्दा पहिले सोचौं !

४ बर्ष अगाडि

एजेन्सी – आजभोली आँपको सिजन सुरु भयो। आँपको स्वाद सबैलाई मन पर्दछ। बिक्रीको लागि बजारमा राखिएका आँपको बारेमा हामी कति विज्ञ छौ । आँपको जात के होरु अहिले पाक्न पर्ने हो रु कसरी पकाइएको हो रु अनि यसले फाइदा हुन्छ वा बेफाइदा ? यी कुराको ख्यालै नगरी हामी आँप देख्नसाथ किन्ने गर्दछौं। आँपको बारेमा जानिराखौ अनि यसको स्वाद मज्जाले लिने गरौं। खाँदाखेरी मीठो मानिने हुँदा आँपको फललाई राजा पनि भनिन्छ। आँपलाई अमृत पनि भन्ने गरिन्छ।

आयुवेदमा उल्लेख गरिए अनुसार आँप काचो होस् अथवा पाकेको किन नहेस दुवैमा औषधिको गुण हुन्छ। आँपको बोटका सबै काण्ड अर्थात बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँदछ। आँपको फाइदाको बारेमा आयुवेदमा पाकेको आँपमा वीयर्वर्द्धक, पौष्टिक, वायुनाशक, शीतल र पित्तनासक हुन्छ भनिएको छ। नित्य आँप खानाले भोक पनि बढछ। यसले मुटु र पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्दछ। आँप कफवर्द्धक पनि हो। आँपको सेवनले अनुहारको चाउरीपन समेत हटाउन सहयोग पुर्‍याउँछ।

आँप कसरी छान्ने ?
यस्ता समस्याका कारण हिजोआज आँप पारखीहरुले आँप छान्दा होस पुर्‍याउनुपर्ने देखिन्छ । अहिले बजारमा पाइने आँपमध्ये कुन विषादीयुक्त छ र स्वाभाविक तरीकाले पाकेको हो भनेर जान्न निकै आवश्यक छ । कालो दाग लागेको आँप नकिनेको खण्डमा मात्र पनि विषादीयुक्त आँपबाट बच्न सकिन्छ । उनका अनुसार प्राकृतिक रुपमै पाकेको आँप सबैतिर एकनासको हुन्छ । रसायनरहित आँप भेट्नोबाट पाक्दै अर्थात् पहेलो हुँदै जान्छ । यस्ता आप थिच्नासाथ लचिलो हुन्छ र एकनासले दबिन्छ ।

जबकी रसायन तथा विषाक्तयुक्त आँपमा जताततै कालो थोप्ला देखिन्छ । यस्ता आँप कतै पुरै पाकेको तथा कतै काँचै रहन्छ । हरियो भए पनि सबैतिर हरियो रहँदैन । पहेँलो भएको ठाउँ थिच्नासाथ पिचिक्कै जान्छ । कुनै आँप त एकातिर हरियो हुन्छ भने अर्को छेउ कुहिनै लागिसकेको हुन्छ ।

अझ अधिक मात्रामा औषधि प्रयोग गरिएको आँप हरियो हुँदै किन्दा समेत किनेको एकरदुई दिनभित्रै कुहिन सुरु गर्छ । यस्ता आँपको गन्ध पनि कडा हुन्छ । कसै कसैलाई यसको कडा गन्धले वाकवाकी नै लाग्न थाल्छ । विभिन्न लक्षणका बाबजुद यस्ता आँप खानाले घाँटी चिलाउने, कोक्याउने लगायतका समस्या देखा पर्छन् ।

बजारका आँप कसरी खाने ?

यसबाट बच्न सर्वप्रथम त त्यस्ता आप नकिन्नु नै बुद्धिमानी हुन्छ । किनिहालेको खण्डमा त्यसलाई रातभरी भिजाएर खाएमा त्यसमा रहेका विषाक्त नष्ट हुन्छ । त्यस्तै भेनेगर, कागति अथवा चुक जस्ता अमिलो पदार्थमा २र३ घण्टासम्म डुवाएर खाएमा पनि त्यसमा भएका विष नष्ट हुन्छ । त्यसैगरी अन्य फलफुल तथा तरकारीलाई पनि यसैगरी जाँचेर खाएमा त्यसमा भएका विषाक्त तत्व नष्ट हुन्छ । कुनै पनि फलफुललाई रातभरी पानीमा भिजाउँदा त्यसमा भएका भिटामिन, प्रोटिन लगायतका पोषणयुक्त तत्व नष्ट हुनसक्ने आशंका धेरैमा हुन सक्छ । तर, कुनै पनि फलफुललाई भिजाउँदा वा पानीमा केही समयका लागि डुवाउँदा पोषकतत्व नष्ट हुदैन । सिंगै फलफुल तथा तरकारी भएमा त्यसलाई रातभरी पानीमा डुबाएर खानु उपयुक्त हुन्छ भने काटेको फलफुल तथा तरकारीलाई २र३ घण्टा पानीमा डुवाएर खाँदा फाइदाजनक हुन्छ ।

यस्ता छन् फाइदाहरु

खाद्य प्रयोगशालाको अध्ययन अनुसार पाकेको आँपमा प्रोटिन, खनिज पदार्थ, बोसो, काबोर्हाइड्रेट, क्याल्सियम र फोस्फोरस पाइन्छ। आँपमा भिटामिन ए, बी र सी को तत्त्व पनि रहेको हुन्छ। आँपको मुख्य घटक सर्करा हो, जुन फलहरूमा ११ देखि २०५ सम्म हुन्छ। आँपमा चिनीको मात्रा ६।७८ देखि १६।९९ ५ रहेको हुन्छ। त्यसैगरी ग्लुकोज र अन्य सर्करा भने १।५३ देखि ६।१४ ५ सम्म पाइन्छ। आँपमा र्टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ। आँपमा प्रोटिन ९।६,बोसो ०।१, खनिज पदार्थ ०।३ रेसा १।१ फोस्फोरस ०।०२ र फलाम ०।३ प्रतिशत रहेको हुन्छ। एकसय ग्राम आँपमा करिब ९० क्यालोरी शक्ति आँपमा पाइन्छ। नेपालमा आँप तराईदेखि पहाडसम्म सामुन्द्रिक सतहदेखि ३ हजार फिटको उचाईको भू(भागमा आँपको बोट हुन्छ। स्थानीय जातदेखि लिएर आजभोली कलमे आँपको खेती गर्ने प्रचलन पनि सुरुवात भएको छ।

आँप नेपालमा मात्र होइन संसारको सबै मुलुकमा पौष्टिक फल मानिन्छ। खाँदा निकै स्वादिलो मानिने आँप मीठोमात्र होइन शरिर लाई फाइदा जनक पनि मानिन्छ। आँप बोटमै पाकेर पनि खान सकिन्छ। तर यस फललाई टिपेर भण्डार गर्दा पनि आफै पाक्दछ। आँपलाई छोपेर, अथवा बोरामा राखेर भण्डार गर्नाले त्यसले उत्पादन गर्ने एथिलिन ग्यासले आाप आफै पाक्दछ। स्थानीय तवरबाट आँपलाई चाडै पकाउन पर्‍यो भने बोरा अथवा भुसमा समेत मा राखेर एथिलिन ग्याँसलाई फैलिन नदिएर पनि चाँडै पकाउने काम गरिन्छ।

यो स्थानीय प्रविधिमा रसायन हुँदैन, जसले गर्दा आँपखादा मानव शरीरमा कुनै हानी नोक्सानी हुन पाउँदैन। तर आजभोली बजारमा पाइने आँपहरू अप्राकृतिक रूपले पकाएर बिक्रीको लागि राख्ने गरिन्छ। प्राकृतिक रूपले पाकेको आँप खादा अमृत बन्ने फल, अप्राकृतिक रूपले पकाएपछि त्यो आफैमा हानीकारक बन्न जान्छ। आँपलाई चाँडो पकाउन क्याल्सीयम कार्बाइडजस्ता अखाद्यवस्तु राखी पकाउनाले अमृत फललाई विषमा परिवर्तन गराइदिन्छ। जुन फल हामीले किनेर खाने गरेका छौं।

सडक यातायात पुगेपछि आजभोली वेसिजनका आँप प्रत्येक जिल्लामा पुग्ने गरेका छन्। क्याल्सियम कार्बाइड राखेर पकाएको आँप वजारमा खुल्लारूपले बिक्री भइराखेको छ। स्वादको लागी आँप खानेहरूले आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेको देखिँदैन। कार्बाइड नामक रसायन काँचो आँपमा राख्नाले २४ घण्टामा आँप पाक्दछ। जुन कारणले आँपका व्यापारीहरू लाई फाइदा पुर्‍याउछ। प्राकृतिक रूपले आँपपाक्ने सिजन आजभोली नभएपनि चैत्र,वैशाख देखिनै त्यसरी कृत्रिम तरिका बाट पकाइएका आँपहरू बजारमा बिक्री हुँदा पनि स्थानीय प्रशासन मौन छ। कार्बाइड नामक रसायन राखेको आँप खाँदा पेट दुख्ने, वान्ता हुनेजस्तो रागले आक्रमण गर्न सक्दछ। यतिमात्र होइन यस्तो आँप खानाले सामान्य असरदेखि लिएर फोक्सो, मुटु, मृगौलाको स्वास्थ्यमा समेत ठूलो असर पार्दछ। गर्भवती महिलाले यस्तो आँप खादा कार्बाइडको असरले गर्भ तुहिने र क्याक्नस समेत हुने सम्भावना धेरै हुन्छ। यस्तो बेफाइदा हुने कार्बाइड राखेको खाद्यवस्तुबाट सबै भन्दा राम्रो उपाय हो नखानू। क्याल्सियम कार्बाइड राखेर पकाएको आँप सजिलै तरिकाबाट पनि चिन्ह सकिन्छ। आँपको सबैभाग एकनासले पहेलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्ने कुरा जान्न सकिन्छ। किनकि प्राकृतिक रूपले पाकेको आँपमा फलको सबै भागमा एकनासको पहेलो अर्थात पाकेको   देखिँदैन।

आँपलाई प्राकृतिक रूपले पाक्न दिएर खान सकियो भने यो अमृत पनि हो। त्यसैले गर्दा हाम्रो समाजमा आँपलाई फलहरूको राजा पनि भन्ने गरिन्छ। वैज्ञानिकहरूले आँप नियमित खानाले स्तन क्यान्सरबाट बच्न सकिने बताएका छन। अमेरिकाको टेक्टास एग्रीलाइफ रिर्र्सच सेन्टरका खाद्य वैज्ञानिकहरूले आँपको अनुसन्धानबाट अन्य फलहरूको दाजोमा आँप स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फलदायी मानेका छन्। यस्तै आँप छालाको चाउरीपन रोक्न पनि लाभदायक मानिन्छ।

आँपमा हानीकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ। त्यसैले गर्दा यसमा फाइवर, भिटामिन बी भिटामिन ए भिटामिन सी प्रशस्त पाइन्छ। आँप खानाले अनेक किसिमको स्वास्थ्यमा फाइदाजनक पनि छ। दुब्लो पातलो मानिसहरूको लागि आँप फाइदा जनक मानिन्छ। यसले शरीरको तौल बढाउछ। आँपमा पोटासियम, म्याग्नेसियम तथा कपरजस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ। साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिनजस्ता शरिरलाई आवश्यक पर्ने पोषक तत्त्व पनि आँपबाट पाइने कुरा चिकित्सकहरू बताउँछन्। शरीरको रोग प्रतिराधि क्षमता बढाउन पनि आँपको सेवन लाभदायक मानिनछ। माकेको आँपमा भिटामिन ए प्रशस्त पाइने भउकोले आँखाको लागि समेत निकै फाइदाजनक मानिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया