उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

४ बर्ष अगाडि

   काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्युनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केहि स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताए ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा बोल्ने क्रममा उनले विपदमा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित निर्देशन दिएका हुन् । 
 प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक परेका ठाउँमा हेलिकप्टर र सुरक्षाकर्मी परिचालन भएको प्रधानमन्त्री ओलीले जनाएका छन् । 
 साथै सम्भावित र जोखिम क्षेत्रका सर्वसाधारणलाई सचेत रहनका लागि सुचना प्रणालीलाई चुस्त बनाइएको प्रधानमन्त्रीको भनाइ छ ।
सम्पुर्ण स्थानीय तह र जनप्रतिनिधीलाई पनि पीडितको उद्दारमा खटिन प्रधानमन्त्रीले आग्रह गरेका छन् । 
बाढी र पहिरोबाट ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गर्दै उनले यस घडीमा एक अर्काको सहयोगमा जुट्न सबैलाई आह्वान समेत गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया