धावनमार्गबाट विमान चिप्लिएपछि सय उडान रद्द

४ बर्ष अगाडि

काठमाडौँ - नेपालगन्जबाट ६८ यात्रु बोकेर काठमाडौंतर्फ आएको यती एयरलाइन्सको एटीआर–७२ विमान शुक्रबार अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदान पुग्दा आठ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध बन्यो । कम्तीमा एक सय उडान रद्द भए । हजारौं यात्रु गन्तव्यमा पुग्न सकेनन् ।

विमानस्थल व्यवस्थापनले साँझ ७ बजेसम्म पाँच पटक समय थप्दै नोटाम जारी गरेर विमानस्थल बन्द गरेको थियो । १२ वटा अन्तर्राष्ट्रिय उडान काठमाडौंमा अवतरण हुन नसकेको विमानस्थलको फ्लाइट अपरेसन विभाग प्रमुख सुरेशमान सिंहले जानकारी दिए । तिनलाई भारतको कोलकाता, दिल्ली, ढाका, चीनलगायत गन्तव्य/मुलुकमै डाइभर्ट गरियो । आन्तरिकसमेत गरी काठमाडौंमा मात्रै कम्तीमा एक सय उडान अवरुद्ध भए ।  कान्तिपुर दैनिकमा खबर छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया