दिनदिनै दूध पिउनु लाभदायक कि हानिकारक ?

४ बर्ष अगाडि

काठमाडौं – दूध संसारभरि नै पिइने पेयपदार्थ हो । यसमा भएका अनेकौं पोषक तत्त्वका कारण यो आफैंमा एक पूर्ण आहार मानिन्छ । 

दूधमा भएका पोषक तत्त्वले शरीरलाई लाभ दिन्छ तर यसमा भएका केही एन्जाइमका कारण कसैलाई यसले हानि पनि गर्न सक्छ । 

दूध ऊर्जाको खानी नै हो । यसले मेटाबोलिजम बढाउँछ र लामो समयसम्म् तृप्त राख्छ । बिहानै ब्रेकफास्टमा एक गिलास दूध पिउनुभएमा दिनभरि काम गर्नका लागि ऊर्जा प्राप्त हुन्छ । यसले क्याल्सियम जस्ता पोषक तत्त्व शरीरलाई दिन्छ र मांसपेशीलाई प्रोटीन दिन्छ । दूध पिएपछि दिनमा कमजोर भएको वा थाकेको अनुभव हुँदैन । 

दूधमा भएका जिंक र भिटामिन डीका कारण यसलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने पदार्थ मानिन्छ । मुटुका लागि पनि दूध लाभदायक हुन्छ । एक गिलास दूध पिउँदा रगतमा कोलेस्टेरोल स्तर बढ्छ । यसमा टन्नै फ्याट हुनाले शरीरको मेटाबोलिजम पनि बढाउँछ ।

तर ल्याक्टोजलाई सहन नसक्ने मानिसले दूधमा भएको ल्याक्टोजलाई गाल्याक्टोज र ग्लुकोजमा टुक्रा पार्न सक्दैनन् । यसले गर्दा पेटमा हावा भरिने तथा अन्य समस्या आइलाग्छन् । 

त्यस्ता मानिसले ओट्सको दूध, सोयाको दूध, बदामको दूध खानुपर्छ । 

ल्याक्टोज सहन नसक्ने मानिस बाहेक अन्य सबैले ठिक्क मात्रामा दिनदिनै दूध पिउनु लाभदायक हुन्छ । प्याकेटको वा डेरीको दूधभन्दा पनि दुहुँदा दुहुँदैको दूध पिउँदा शरीरलाई फाइदा हुन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया