‘रातो गलबन्दी’ को फस्टलुक र शीर्ष गीत सँगै, १७ साउनमा हलमा

४ बर्ष अगाडि

काठमाडा–समाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’ को फस्टलुक पोस्टरसँगै शीर्ष गीत सार्वजनीक गरिएको छ । साउन १७ गते प्रदर्शन हुने फिल्ममा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । 
नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनीक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले सृजेका हुन । 
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे,अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउछन् । 
पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ,मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया