नमस्ते मेहेन्दी महोत्सवः यसरी गरिँदैछ श्रावणको स्वागत

४ बर्ष अगाडि

काठमाडौं – नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ ।

ओपन स्पेस नेटवर्कले सुनधारास्थित काठमाडौं मल र पुल्चोकस्थित लविम मलमा नमस्ते मेहेन्दी महोत्सवको आयोजना गरेको हो ।

आयोजक नेटवर्ककी संस्थापक फाइजा परवीनले श्रावण महिनाको सुरुवातसँगै मेहेन्दी लगाउने परम्परालाई निरन्तरता दिन र अझ परिष्कृत बनाउनका लागि महोत्सवको आयोजना गरिएको बताइन् ।
मंगलबार र बुधबार आयोजना गरिने महोत्सवमा नेपालका चर्चित मेहेन्दी आर्टिस्टहरुले सहभागीहरुलाई मेहेन्दी लगाइदिनेछन् ।

आर्टिस्टहरु सिर्जना शाही, अश्वनी भेटवाल, दिप्सा महर्जन, प्रियम्वदा न्यौपाने, सुष्मा मोक्तान, एलिशा शाही, मनिषा शर्मा, आहाना पन्त, खादिजा शेख, निदा निसार, सोनी गुप्ता लगायतले मेहेन्दीमार्फत आफ्नो कला प्रस्तुत गर्ने छन् ।

‘नेपाली समाजमा मेहेन्दीको विशेष महत्त्व छ, श्रावण महिनामा अझै धेरै प्राथमिकता दिइन्छ,’ नेटवर्ककी संस्थापक परवीनले भनिन्, ‘त्यसैले धेरैभन्दा धेरै दिदीबहिनीहरुसँग मेहेन्दी लगाएर श्रावण महिनाको स्वागत गर्न महोत्सवको आयोजना गरिएको छ । 

परम्परागत मूल्य र मान्यताको महत्त्वलाई अझ बढी प्रचार गर्न आवश्यक रहेको बताउँदै परवीनले मौलिक कला र संस्कृतिलाई बढावा दिन यस्ता कार्यक्रमको आयोजना गरेको उल्लेख गरिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया