भोलि देखि इन्टरनेटको महसुल बढ्ने

४ बर्ष अगाडि

काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुले भोलि बुधबार(साउन १ गते) देखि इन्टरनेटको मूल्य बढाउने भएका छन् ।

गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले तिर्नुपर्ने इन्टरनेट शुल्क नबढाउने सहमति गरे पनि सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क सिधै ग्राहकबाटै उठाउने निर्णय गरेका हुन् ।

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क अब १३ प्रतिशत महंगो हुने भएको छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले गत वर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको बताए ।

‘गत वर्ष सरकारले दूरसञ्चार नियमावली संशोधन गरी सरकारले कर छुट गर्ने र आधा रकम इन्टरनेट सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको थियो, तर सरकारले नियमावली स‌ंशोधन गरेन, त्यसपछि हामीले सिधै ग्राहकबाट उठाएर सरकारलाई बुझाउने निर्णय गरेका हौं भट्टले भने ।

४ बर्ष अगाडि

प्रतिक्रिया