रोनाल्डोलाई पछाडि पार्दै फोर्ब्सको सुचीमा मेसी अगाडि

४ बर्ष अगाडि

काठमाडौँ – बार्सिलोनाका फुटबल खेलाडी लियोनल मेसी फोर्ब्सको सूचीमा संसारमा सबैभन्दा बढी पैसा कमाउने खेलाडी बनेका छन्।

उनले गत वर्ष १२ करोड ७० लाख अमेरिकी डलर (१४ अर्ब १२ करोड नेपाली रुपैयाँ) कमाएका छन्।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १० करोड नौ लाख अमेरिकी डलर कमाइका साथ दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा रहेका ब्राजिलका नेमारले १० करोड पाँच लाख डलर कमाएका छन्।

अमेरिकी पत्रिका फोर्ब्सले खेलाडीहरूले जुन २०१८ देखि एक वर्षमा जितेको पुरस्कार, तलब र अन्य व्यावसायिक आम्दानी जोडेर सो सूची प्रकाशित गरेको हो।

सन् १९९० मा सूची प्रकाशित हुन थालेयता शीर्ष स्थानमा तीन फुटबल खेलाडी रहेको यो पहिलो पटक हो। बीबीसी । 

४ बर्ष अगाडि

प्रतिक्रिया