‘बक्सअफिस’ प्रणालीमा १७ बुँदे सहमति

५ बर्ष अगाडि


काठमाडौँ- नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुटेको छ ।
चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको छ । जसअनुसार साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा बक्सअफिस लागू गर्ने सहमति भएको आजको कारोबार दैनिकले खबर छापेको छ  ।
दुवै संघले सोमबार एक कार्यक्रम गरी सेयर बाँडफाँड तथा दुवै पक्षले पालना गर्नुपर्ने शर्तका विषययमा जानकारी गराएका छन् । निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षीय सहमतिमा हलमा लागेका फिल्मको टिकट दर तोक्ने सम्झौता भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया