बम विस्फोटका घाइते एकजनाको मृत्यु

४ बर्ष अगाडि

धनगढी– बिहीबार साँझ कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटका घाइते एकजनाको निधन भएको छ । 
बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । 
बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । सो विस्फोटमा घाइते अन्य ४ जनाको   धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया