जुम्ला प्रशासनमा स्तनपान र आराम कक्ष

४ बर्ष अगाडि

जुम्ला। जुम्लाका सरकारी कार्यालयमा धेरैजसो काम गर्दा उभिएर लाममा लाग्दा सेवाग्राहीलाई हैरानी भएको हुन्छ । यसमा पनि कतिपय गर्भवती, सुत्केरी महिला, अपाङ्गता भएकालाई उभिएर काम गर्नुपर्ने बाध्यता छ तर अब जिल्ला प्रशासन कार्यालय जुम्लामा भने त्यो समस्या हटेको छ । जिल्ला प्रशासन कार्यालयले सँगै जोडिएकोे दुईकोठे भवन निर्माण गरेर जिल्ला प्रशासन कार्यालयमा आउने सुत्केरी महिलाले बच्चालाई दूध खुवाउने व्यवस्थाका लागि स्तनपान कक्ष र सेवाग्राही गर्भवती महिलाका लागि आराम कक्ष तयार गरी सञ्चालनमा ल्याएकोे छ । 
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा एक महिनामा दुईकोठे भवन नै निर्माण गरी सेवाग्राहीको सहजताका लागि भन्दै सुचारु गरिएको हो । उहाँले सुचारु गरिएको स्तनपान कक्ष भने चन्दननाथ नगरपालिका वडा नम्बर २ की कृष्णा शाहीले बच्चालाई स्तनपान गराएसँगै सञ्चालन आएको जानकारी दिनुभयो । 
विशेष गरी सेवाग्राहीका रूपमा आउने गर्भवती, शिशु र आमाका लागि यो सेवा सञ्चालनमा ल्याइएको प्रजिअको भनाइ छ । उहाँका अनुसार कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत यो सेवाबाट लाभान्वित हुनेछन् । स्तनपान कक्ष अपाङ्गतामैत्री होस् भनेर भुइँतलामै यो कक्ष सञ्चालन गरिएको हो र स्तनपान कक्षामा एकैपटक तीन जनासम्म आमाले स्तनपान गराउन सक्ने छन् । सेवाग्राहीको मुस्कान दिनका लागि हरेक प्रयास गरिएको प्रजिअ बञ्जाडेले थप्नुभयो । स्तनपान कक्षमा सोफा, बालबालिकाको झुलुङ्गोसहित बालबालिकामैत्री सामग्री राखिएका छन् । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया