पूर्वमन्त्री मोहन बस्नेतको समाचार सार्वजनिक भएपछि सहकारीले निकालो यस्तो विज्ञप्ति

४ बर्ष अगाडि

काठमाडौं– प्रणामी बचत तथा ऋण सहकारी संस्थाले पूर्वमन्त्री मोहनबहादुर बस्नेत र उनको परिवारको आफ्नो संस्थामा खाता नखोलिएको दाबी गरेको छ । प्रणामी बचत सहकारीमा मन्त्री बस्नेतको श्रोत नखुलेको बचत रहेको समाचार केही सञ्चारमाध्यामहरुमा प्रकाशित भएपछि सो संस्थाले उक्त दाबी गरेको छ ।

शुक्रबार संस्थाका उपाध्यक्ष देवीन्द्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गरी मन्त्री बस्नेत र उनको परिवारको नाममा खाता नरहेको दाबी गरेका छन् । विज्ञप्तिमा यस्तो खालका भ्रमपूर्ण समाचारमा कुनै सत्यता नरहेकोले द्धिविधामा नपर्न सम्पूर्ण सदस्यहरुलाई आग्रह समेत गरेको छ । बिहीबार केही सञ्चारमाध्यमहरुमा प्रणामी बचत तथा ऋण सहकारी संस्थासँग जोडेर मन्त्री बस्नेतको श्रोत नखुलेको सम्पत्तिबारे समाचार प्रकाशित भएको थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया