काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विभिन्न सेवा समूह तथा उपसमूहको परीक्षा आजबाट सुरु भएको छ ।
आयोगले गत जेठ १५ मा स्थानीय तह मात्रका लागि विशेष कार्यतालिका बनाएर ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । आयोगले गरेको विज्ञापन समावेशी सिद्धान्तविपरीत रहेको भन्दै संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले रद्द गरी करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएको थियो । तर, यससम्बन्धी मुद्दा अदालतमा परेसँगै अदालतले विज्ञापन जारी राख्ने पक्षमा फैसला गरेको थियो । के हुने भन्ने अन्योलबीच आयोगको परीक्षाले निरन्तरता पाएको छ । परीक्षामा साढे चार लाखको संख्यामा परीक्षार्थी सहभागी हुने आयोगले जनाएको छ । पदअनुसार परीक्षाको मिति भने फरकफरक रहेको छ । राजधानी दैनिकमा खबर छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।