घरमा नै बाघ आराम गर्न आएपछि...

४ बर्ष अगाडि

भारतको आसाममा एउटा घरमा नै बाघ आराम गर्न आएको भेटिएको छ ।

लगातारको वर्षाका कारण बाढीग्रस्त आसाममा काजिरगंगा राष्ट्रिय निकुन्जबाट भागेको सो बाघ आराकाम लागि सुख्खाक्षेत्र खोज्दै मान्छेको घरमा आइपुगेको हो । आफ्नो घरमा बाघ आउँदै गरेको देखेपछि सो घरका मालिक परिवारसहित भागेका थिए ।

वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ। बाढीका कारण काजीरङ्गा राष्ट्रिय निकुञ्जमा ९२ वन्यजन्तुको मृत्यु भएको छ ।

थकित बाघलाई दिनभरि घरमा सुत्न दिएर साँझ वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जंगलतर्फ धपाएका थिए ।

भारत वन्यजन्तु कोषका अनुसार सो बाघ सुरुमा बिहीवार बिहान राजमार्ग छेउमा देखिएको थियो । बाढीका कारण सुख्खाक्षेत्र खोज्दै पहाडी क्षेत्रमा जान खोज्ने कतिपय जंगली जनावरको लडेर मृत्यु भएको छ ।

व्यस्त सडक देखिएपछि बाघ अत्तालिएर घरमा शरण लिने पुगेको थियो । दिनभर घरमा नै सुत्न दिएर सो बाघलाई संरक्षण अधिकारीहरूलाई बोलाएर सुरक्षित रूपमा धपाइएको थियो।

काजीरङ्गा निकुञ्जमा १ सय १० वटा बाघ रहेको ठअनुमान छ । बाढीमा अन्य जनावर मरेपनि कुनै बाघ मरेका छैनन् । सातवटा गैँडा तथा एउटा हात्ती मरेका विवरण आएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया