प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

४ बर्ष अगाडि

काठमाडौं–प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ ।

 राजधानीको काँडाधारीमा सुतिरहेका  लामालाई आइतबार मध्यराती प्रहरीको टोलीले घर हालेर नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको घटनामा संलग्नता रहेको दाबी गर्दै खोजीकार्य तीब्र पारेको थियो । 

उनी काँडाधारीमा रहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको भन्दै थापाले विप्लव कार्यकर्ता रेशम तामाङलाई पनि सँगै पक्राउ गरिएको बताए ।  लामा विप्लव समूहका प्रभावशाली नेता मानिन्छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया