किन २४ सै घण्टा चलाइएको छ कुलेखानी

४ बर्ष अगाडि

काठमाडौं – नेपालको ऊर्जा क्षेत्रको एक मात्र ‘पावर बैंक ’को रुपमा परिचित कुलेखानी जलाशयलाई अझै पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गरिराखिएको छ ।

जलाधार क्षेत्रमा बढी बर्षा भएका कारण जलाशयको सहत एक्कासी बढेपछि नेपाल विद्युत् प्राधिकरणले सो आयोजनालाई अझै २४ सै घण्टा सञ्चालन गरिरहेको छ ।

जलाशयको क्षमता १ हजार ५३१ मिटरसम्म भएपनि गोरखा भूकम्पका कारण ४ मिटर अर्थात् १ हजार ५२६ मिटरसम्म मात्रै पानी राख्न सकिने अवस्था रहेको छ ।

प्राधिकरणका अनुसार आयोजना पूर्ण क्षमता सञ्चालन गर्दा १ घण्टामा मात्रै ३ सेमी पानी खर्च हुने गरेको छ । जबकी जलाधारबाट ६० सेमी भन्दा बढी पानी जम्मा हुने गरेका कारण पनि जलाशयलाई सुरक्षित राख्न पनि २४ सै घण्टा आयोजना चलाइएको हो ।

भूकम्पका कारण जलाशयलाई पूर्ण रुपमा भरेर राख्ने अवस्था रहेको छैन । विगतमा जलाशयको डिलमा बोरा राखेर भएपनि पानी सञ्चन गर्ने गरिन्थ्यो । तर भूकम्प पछि त्यसो गर्नु सुरक्षाका दृष्टिले जोखिम मानिएको छ । इन्निियरिङमा त्यसो गरिनु समेत उपयुक्त नहुने  देखिन्छ । कुलेखानीमा आल २ वटा आयोजना छजन् । त्यसमा पहिलो आयोजना ६० मेगावाटको रहेको छ भने दोस्रो आयोजना ३२ मेगावाटको छ ।

यस्तै कुलेखानी तेस्रो १४ मेगावाट क्षमताको छ । तेस्रो आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । ३ वटै आयोजना पूर्ण रुपमा सञ्चालनमा आएपछि सो जलाशयबाट कूल १०४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

विद्युत् माग कम भएको समयमा केही दिन पहिले सो आयोजनाबाट उत्पादित विद्युत् रक्सोल–परवानीपुर प्रसारण लाइन हुँदै भारत निर्यात गरिएको थियो ।

वर्षादको पानी सञ्चय गरेर सुख्खायाममा कुलेखानी आयोजना सञ्चालन गर्ने गरिएको थियो । सो जलाशयमा पानी नभएपनि समस्या, भएपनि समस्या देखिने गरेको छ । प्राधिकरणले सुक्षम तवरले अध्ययन गर्दै आयोजनाको सुरक्षालाई समेत हेरे सञ्चालन गरिरहेको जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर भारी वर्षा हुने सम्भावना देखाएको छ । यो अवस्थामा कुलेखानी जलाशयलाई अझै केही दिन सञ्चालन गर्नुपर्ने हुन सक्ने देखिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया