वर्षा र बाढीले ४७ मेगावाट विद्युत् प्रणाली बाहिर, के गर्दैछ प्राधिकरण

४ बर्ष अगाडि

काठमाडौं – वर्षा र बाढीले ठुलो क्षति पुगेपछि २  आयोजनाबाट ४७ मेगावाट बिजुली उत्पादन बन्द भएको छ ।

नेपाल र चीनको संयुक्त लगानीमा निर्माण भएको २५ मेगावाटको माथिल्लो मादी र नेपाली लगानीको २२ मेगावाटको वाग्मती जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको हो ।

गत असारको अन्तिम साता परेको अविरल वर्षा र बाढीले क्षति गरेपछि दुबै आयोजनाबाट बिजुली उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

दुबै आयोजनाबाट बिजुली उत्पादन अझै अनिश्चित भएको प्राधिकरणको भनाइ छ ।

माथिल्लो मादी आयोजनामा वर्षादमा सधै समस्या आउने गरेको छ । माथिल्लो मादी दुई वर्षअघि आयोजना सञ्चालनमा आएको हो ।

माण्डु हाइड्रोपावरले बनाएको वाग्मती आयोजना सञ्चालनमा आएको ४ महिना मात्र भएको छ । निर्माणधिन फास्टट्रयाक आयोजनाले माटो वाग्मतीमा खसाल्दा आयोजनामा समस्या आउने गरेको प्रवद्र्धकले जनाएका छन् ।

माथिल्लो मादी आयोजनामा चाइना इलेक्ट्रिक एन्ड वाटर कर्पोरेशन को ८० र नेपालको गोरखा कन्ट्रक्सनको २० प्रतिशत स्वामित्व छ । यस्तै बाढीकै कारण ४५ मेगावाटको माथिल्लो भोटेकोसी आयोजना ३ वर्षदेखि बन्द छ । हाल आयोजनाको पुननिर्माण भइरहेको छ । एक वर्षपछि सञ्चालनमा आउने अनुमान गरिएको छ । प्रणालीमा बिजुलीको माग पिक आवरमा १ हजार २०० मेगावाट हारहारीमा छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया