रोगी, जीर्ण र निरीह पशुः हाम्रो भोजन ?

४ बर्ष अगाडि

काठमाडौँ । रोग, भोक र शोकले ग्रस्त यी निरीह पशुलाई निर्ममताका साथ बध गरिन्छ । र, रोग र बुढ्यौलीले थिलथिलो भएका यिनै पशुको मासुबाट बनेको ममलाई हामी स्वाद मानेर खान्छौं । त्यसैबाट छोयला, कचेला, भुटन बन्छ । हामी मीठो मानीमानी खान्छौं ।

जरुर, मासु हाम्रो खान्की हो । मासुले हामी भोक र स्वाद मात्र मेट्दैनौं, शरीरमा आवश्यक पोषक तत्व पनि परिपूर्ति गर्छौं । तर, कस्तो मासु रु कस्तो पशुको मासु रु कसरी बध गरिएको मासु रु यी प्रश्न विचारणीय छन् । यसरी बध गरिएको पशुलाई भण्डारण गर्ने, पकाउने ठाउँको ख्या गर्नुपर्ने कुरा अर्को महाभारत छ ।

यहाँसम्म आइपुग्दा तपाईंलाई लाग्न सक्छ, यी भावनाका कुरा भए । प्रश्न गर्न सक्नुहुनेछ, ‘जसरी बध गरे पनि मासु भनेको मासु हो, यसले स्वास्थ्यलाई के फरक पार्छ ?’

४ बर्ष अगाडि

प्रतिक्रिया