दूध कसरी चिन्नेः नक्कली हो वा सक्कली ? यस्तो छ सजिलो उपाय

४ बर्ष अगाडि

यसका आधारमा पनि दूध शरीरका लागि कति महत्वपूर्ण भोजन हो भन्ने कुरा थाहा हुन्छ । चाणक्य नीतिले नै अर्को एउटा श्लोकमा दूधमा अन्नमा भन्दा दस गुणा बढी शक्ति हुन्छ भनेको छ ।

आधुनिक विज्ञानले पनि दूधलाई पौष्टिक आहारको रूपमा स्वीकार गरेको छ । डाक्टरहरू बिरामीलाई दूध खाएर तंग्रिन सल्लाह दिन्छन् ।

परम्पराले पनि दूध गुनिलो पेय पदार्थ हो भन्ने कुरालाई आत्मसात् गरेको छ । पञ्चामृत बनाउँदा गाईको दूध, दही र घिउका साथमा मह र सख्खर मिसाइन्छ । यस दृष्टिमा दूध अमृत हो ।

यस्ता अनेकौं दृष्टान्तले दूधलाई मानवका लागि सर्वोत्तम आहारका रूपमा परिभाषित गर्ने वा जानकारी दिने प्रयास गरेका छन् । दूध पौष्टिक पदार्थ हो भन्ने कुरामा कुनै शंका छैन । तर,

केहीअघि मात्रै आएका समाचारहरू हेर्दा नेपालीहरूले दूध तथा दूधबाट बन्ने अन्य परिकार उपभोग गर्नुअघि धेरै पटक सोच्नुपर्ने स्थिति देखा परेको छ । नेपालका सबैजसो डेरीहरूले अखाद्य पदार्थ प्रयोग गर्ने गरेको खुलासा भएको छ । यसबाट नेपालीहरूको स्वास्थ्यमाथि कसरी खेलबाड भइरहेको छ भन्ने कुरा प्रस्ट हुन्छ जुन निकै नै भयावह स्थिति हो ।

स्वास्थ्य राम्रो पार्नका लागि, रोगप्रतिरोधी क्षमता बढाउनका लागि वा भनौं फाइदा हुन्छ भन्ने सोचेर विश्वासपूर्वक ग्रहण गरिएको चिजमै धोका मिसिएको छ भने आम मानिसले के नै पो गर्न सक्छन् र रु सरकारी तथा जिम्मेवार निकायको कमजोरी वा उदासिनता भनौं वा मानिसमा वृद्धि भएको लोभानीपापानीको प्रवृत्तिले यस्तो किसिमको नहुनुपर्ने कुरा भएको छ । तसर्थ अरू नसके पनि आम उपभोक्ताले आफू सचेत हुन भने अवश्य पनि सक्छन् ।

नक्कली दूधले लाभको सट्टा हानि गर्छ । यसकारण दैनिक उपभोगमा ल्याइने दूध शुद्ध छ कि छैन जाँच्नु आवश्यक छ । जाँच्ने कसरी त रु राम्रोसँग जाँच्न त प्रयोगशालाकै आवश्यक पर्ला तर पनि मोटामोटी रूपमा घरेलु तरिकाबाटै दूध शुद्ध भएनभएको थाहा पाउन सकिन्छ ।

सुँघेर
सुँघेर पनि दूधको शुद्धता थाहा पाउन सकिन्छ । दूधमा साबुनको जस्तो गन्ध आएको छ भने त्यो सेन्थेटिक दूध हो भन्ने कुरामा थप जाँच गरिरहन आवश्यक छैन ।

चाखेर
थोरै काँचो दूधलाई हत्केलामा लिएर केही बेर रगडी जिब्रोमा लगाउने । यसरी लगाउँदा सक्कली दूध हो भने हलुका मिठास आउँछ ।

हत्केलामा रगडेर
नक्कली दूध हत्केलामा रगड्दा अलिअलि चिप्लोपन महसुस हुन्छ । दूध सक्कली छ भने त्यस्तो किसिमको चिप्लोपन थाहा हुँदैन ।

रंग हेरेर
सक्कली दूध उमाल्दा त्यसको रंग परिवर्तन हुँदैन तर नक्कली दूध हलुका पहेँलो बन्दछ । नउमालिकन त्यत्तिकै राख्दा पनि नक्कली दूधको रंगमा केही परिवर्तन देखा पर्छ ।

फिँजअनुसार
कतिपय अवस्थामा लुगा धुने सर्फबाट पनि नक्कली दूध बनाएका हुनसक्छन् । एउटा सिसाको पारदर्शी सिसीमा अलिकति दूध राखेर केही बेर हल्लाउँदा त्यसमा धेरै नै फिँज देखियो र त्यो निकै बेरसम्म रहिरह्यो भने पनि उक्त दूध नक्कली हो र त्यसमा वासिङ पाउडर मिसाइएको रहेछ भन्ने थाहा हुन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया