राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशोर यादव चयन

४ बर्ष अगाडि

जनकपुर – राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको संयोजक राजकिशोर यादव भएका छन् ।

दुई दुई महिनाको चक्रिय प्रणाली अनुसार यादव संयोजक बनेको राजपा नेपालले जनाएको छ । जनकपुरमा बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठकले यादवलाई संयोजकको जिम्मवारी दिएको यसअघिका संयोजक अनिलकुमार झाले बताए । 

२०७४ मा विभिन्न ६ वटा पार्टी मिलेर राजपा नेपाल गठन भएको थियो । गठनभएसँगै महन्थ ठाकुरलाई संयोजक बनाएको थियो । ठाकुर २२ महिनासम्म संयोजक भएर काम गरे । तर पछि बहुमतको निर्णयबाट ठाकुरलाई हटाएर दुई महिना चक्रिय प्रणाली कायम गरेको थियो । 

ठाकुरपछि राजेन्द्र महतो, त्यसपछि महेन्द्र राय यादव अनि शरतसिंह भण्डारी, अनिलकुमार झा र अहिले राजकिशोर यादव संयोजक बनेका छन् । 
उनको दुई महिने कार्यकाल असोज ५ गते सकिनेछ । त्यसपछि ठाकुर पुनः सयोजक हुनेछ । उनकै सयोजकत्वमा कात्तिकमा पार्टीको महाधिवेशन हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया