एनआई सी एशिया बैंकको ४ अर्ब ४० करोडको ऋणपत्र साउन ९ गतेदेखि बिक्री हुने

४ बर्ष अगाडि

काठमाडौं – एनआई सी एशिया बैंकल ‘एन आई सी एशिया डिबेन्चर २०८३ र ८४ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । बैंकले १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको  एक हजारप्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोड रुपैयाँको उक्त ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने छ ।

ऋणपत्रको निष्काशन रकम  रु ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात्  रु २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ ।

त्यस्तै रु ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रु १ अर्ब ७६ करोडसर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गर्ने बैंकले जनाएको छ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।   ऋणपत्रको यही साउन ९ गतेदेखि सर्वसाधारणको लागि विक्री खुला हुने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया