पूँजीगत लाभकरमा किन भइरहेको छ विवाद , के भन्छ अर्थ मन्त्रालय ?

४ बर्ष अगाडि

काठमाडौं – पूँजीगत लाभकरको विवादलाई सुल्झाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  अर्थ मन्त्रालयका  राजश्व सचिव लालशंकर घिमिरेले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पूँजीगत लाभकरको विवाद दुई दिनमै सल्टाउन निर्देशन दिएका हुन्।

नेपाल पूँजी बजार लगानीकर्ता संघका प्रतिनिधिसंगको वार्तापछि आइतबार राजस्व सचिव घिमिरेले दुई दिनभित्र समस्या समधानका लागि निर्देशन दिएका हुन ।

भारित औषत लागतका आधारमा  लाभकर गणना गर्दा कट अफ डेटको विषयमा केहि समस्या सतहमा आएको छ ।  सचिव घिमिरेले समस्या समधानका लागि निर्देशन दिएको संघले जनाएको छ ।

केही दिनदेखि पूँजी बजारमा देखिएको भारित औषत को बिषयमा छलफलपछि सचिव घिमिरेले भोली सम्म निकास निकाल्नको लागी निर्देशन दिएको उनले जानकारी गराएकी छिन । पूँजीगत लाभकर गणना गर्दा लगानीकर्तालाई झण्झट भएको भन्दै संघ शुक्रबार मन्त्रालय पुगेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया