माछापुछ्रे बैंक द्धारा ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी , बिज्ञप्ति सहित

४ बर्ष अगाडि

काठमाडौँ – माछापुछ्रे बैंकले रु हजार अङ्कित दरका  तिसलाख कित्ता ऋणपत्र आज सोमबार बाट जारी गरेको छ । 

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको बैंकले वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । 

आजनै एक प्रेस बिज्ञप्ति जारी गर्दै बैंकले उक्त जानकारी दिएको छ ।

यस्तो छ बिज्ञप्ति

प्रेस बिज्ञप्ति
मिति : २०७६/०४/०६

माछापुछ्रे बैंकको ऋणपत्र २०८५

माछापुछ्रे बैंक लिमिटेडको रु.१,००० अङ्कित दरका ३०,००,००० कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ । वार्षिक १०.२५ प्रतिशतको आर्कषक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको १०.२५ माछापुछ्रे ऋणपत्र २०८५ नामक ऋणपत्रको कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि खुला छ भने बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री हुनेछ ।

 इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ । माछापुछ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएन–आइआर–ए–माइनस  रेटिङ्ग प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुछ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ ।

बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ । 
माछापुछ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३२ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२६ स्थानवाट ६ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया