काँग्रेस सभापति देउवाले दिए सरकारविरुद् आन्दोलन चर्काउने चेतावनी

४ बर्ष अगाडि

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 

सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए । 

वीपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पारे । 

सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया