उत्तराखण्डका १३२ गाँउमा किन जन्मेनन् छोरी ? गाउँलाई ‘रेड जोन’ मा राख्दै अनुसन्धान सुरु !

४ बर्ष अगाडि

भारत – भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लाका १३२ गाँउमा पछिल्लो तीन महिनामा एक जनापनि छोरी जन्मेका छैनन् । यो अवधिमा दर्ता भएको कुल २१६ गर्भाधारणमा सबै छोरा जन्मेको देखिएको छ । 

छोरा र छोरीको जन्ममा यति धेरै फिन्नता सार्वजनिक भएपछि जिल्ला प्रशासनले अनुसन्धान सुरु गरेको छ ।
‘टाइम्स अफ इण्डिया’को रिपोर्ट अनुसार प्रशासनले यी १३२ गाउँलाई ‘रेड जोन’को रुपमा पहिचान गरेर जाँच सुरु गरेको छ । अनुसन्धानका क्रममा ‘स्थानीय सामाजिक स्वास्थ कार्यकर्ता’हरुमाथि निगरानी गरिनेछ ।

स्वास्थ विभागद्वारा उपलब्ध गराइएको तथ्यांकबाट यो कुरा खुलासा भएको हो ।सन् २०११ को जनगणनामा पनि उत्तरकाशीमा बसोबास गर्ने पुरुष र महिलाको संख्यामा ठूलो भिन्नता देखिएको थियो । त्यहाँ पुरुषको संख्या १,६८,५९७ रहदाँ महिलाको संख्या १,६१,४८९ मात्र छ । पछिल्लो तीन महिनाको तथ्याकंले जिल्लामा छोरीको भ्रूण हत्याको सम्भावनातर्फ संकेत गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया